शनिबार, श्रावण ९,२०८३ 07:58:48
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:58:48
Bizshala
Global IME Bank Limited

पालुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

पालुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । पालुन खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न आगामी पुस २२ गतेका लागि वार्षिक साधारण सभा डाकेको छ ।

उक्त सभा ललितपुरमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने र आईपीओ निष्कासनको अनुमति माग्दै नियमनकारी निकायमा आवेदन दिने र उक्त प्रस्तावमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले सर्वसाधारणलाई) जारी गर्नेमध्ये १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाका लागि जारी गरिनेछ भने यसबाट १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि जारी गरिनेछ ।

सभामा कम्पनीको गत आवको वार्षिक प्रतिवेदन तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.