शनिबार, श्रावण ९,२०८३ 07:58:03
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:58:03
Bizshala
Global IME Bank Limited

बाजेको सेकुवाले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, थाल्यो तयारी

बाजेको सेकुवाले जारी पूँजीको २०% आईपीओ निष्कासन गर्ने, थाल्यो तयारी
New Office

काठमाण्डौ । बाजेको सेकुवाले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओको उक्त प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ ।

असार १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन १ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्नेू निर्णय गरेको छ ।

उक्त सभामा प्रिमियम मूल्यमा संस्थापक समूहको साधारण सेयर जारी गर्ने तथा सो प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विषयमा छलफल गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने र सो सम्बन्धमा आवश्यक सम्झौता गर्ने र आईपीओ निष्कासनबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने जस्ता विशेष प्रस्तावरु पारित गरिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.