काठमाण्डौ । डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीले माघ १० गते गोदावरीमा रहेको गोदावरी फरेस्ट होटलमा दिनको १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।