बिहीबार, कार्तिक ८,२०८१ 02:28:35
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 02:28:35
IME remit
Global IME Bank Limited

आईपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो यस्तो रेटिङ

Hyundai Nepal
आईपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो यस्तो रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा सेयर निष्काशनको प्रक्रियामा रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी(इक्राएनपी–आर्यआर)बीबी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।  

साथै,क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग भदौ १७ गते सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि सेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भएपनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दाबी भुुक्तानी प्रक्रियाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने कम्पनीले विश्वास लिएको छ ।  

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई प्रति सेयर १०० अंकित दरमा सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ ।  

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०७९ पौष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । न्यून आय भएका मध्यमवर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवनबीमा सेवा पु¥याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजतपत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत प्रदान गरिरहेको सेवाको गुणस्तर समय सापेक्ष रुपमा सुधार गरी पिछडीएको क्षेत्र, विपन्न वर्ग, सिमान्तकृत समुदाय तथा बीमाको दायरामा नआएका व्यक्तिहरुसम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा भविष्यमा ग्राहकहरुबाट माग भए बमोजिमका नयाँ सेवा सुविधाहरु आफ्ना ग्राहकवर्गमा ल्याउन प्रयत्नरत रहि थप सेवा विस्तार गर्दै जाने रणनीति योजना सहित अघि बढीरहेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.