बिहीबार, असार १२,२०८२ 07:49:52
  • बिहीबार, असार १२,२०८२ 07:49:52
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित

Hyundai Nepal
आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जीको विशेष साधारण सभा स्थगित
Nabil Bank Limited

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको भिजन ईनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । जेठ ३२ गतेका लागि तय भएको कम्पनीको विशेष साधारण सभा विशेष कारणबश स्थगन गर्नु परेको कम्पनीले जनाएको छ ।  

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को बैठकले निर्णय नगरेसम्मका लागि विशेष साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीको गत वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको थियो ।  उक्त सभा भर्चुअल माध्यम जुममार्फत दिनको ३ बजे आयोजना हुने भनिएको थियो ।  

सभामा कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने तय भएको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने, कम्पन्रीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने र आईपीओ जारी गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन,थपघट,परिवर्तन वा संशोधन गर्न निर्देशन प्राप्त भएमा समेही बमोजिम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत राखिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.