शुक्रबार, श्रावण २९,२०८३ 11:01:15
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:01:15
Bizshala
Global IME Bank Limited

एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासन गर्ने

Prabhu Bank Limited
एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी पुस २४ गते १९ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा चितवनमा रहेको होटल सिराईचुलीमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

CG Motors

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.