एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । एनपीआई नारायणी सामूदायिक हस्पिटलले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी पुस २४ गते १९ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा चितवनमा रहेको होटल सिराईचुलीमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

