बिहीबार, बैशाख २५,२०८२ 06:59:29
IME remit
  • बिहीबार, बैशाख २५,२०८२ 06:59:29
IME remit
Global IME Bank Limited

सुमेरु पोलिमर्सले थप पूँजी जुटाएर आईपीओ निष्कासन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता

Hyundai Nepal
सुमेरु पोलिमर्सले थप पूँजी जुटाएर आईपीओ निष्कासन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । सुमेरु पोलिमर्स लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । हाल १० करोड चुक्तापूँजी भएको कम्पनीले उत्पादन क्षमता वृद्धि सँगसँगै जारी पूँजी समेत वृद्धि गरी रु. २७ करोड पुर्याई जारी पूँजीको ३० प्रतिशत अर्थात रु. ८ करोड १० लाख रकमबराबरको आईपीओ आगामी आर्थिक वर्षमा सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने योजना बनाएको हो ।  

उद्योग तथा व्यापार क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले सञ्चालन गरिरहेको यस कम्पनीले चालु आर्थिक वर्ष भित्रमा नयाँ व्यक्ति तथा संस्थागत लगानी मार्फत रु. ८ करोड ९० लाख थप पूँजी जुटाई संस्थापक समूहको सेयर स्वामित्व १८ करोड ९० लाख पुर्याउने तयारीका साथ प्रोस्पेरिटी भेञ्चर्स प्रालिसँग लगानी गर्ने, लगानीकालागि सहजीकरण गरिदिने तथा सावर्जनिक निष्काशनका विषयमा कम्पनीलाई प्रारम्भिक परामर्श दिने कार्यकालागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उक्त समझदारीपत्रमा सुमेरु पोलिमर्सको तर्फबाट प्रवन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका तर्फबाट प्रवन्ध सञ्चालक कमल प्रसाद नेपालले हस्ताक्षर गरेका छन्।  

पछिल्लो ३ वर्षदेखि लगातार वार्षिक रु. २१ करोडको कारोबार गर्दै आईरहेको यस कम्पनीले थप पूँजी जुटाए पश्चात् उत्पादन वृद्धि तथा बजार क्षेत्रको विस्तार गरी आगामी आर्थिक वर्षमा वार्षिक कारोवार रु. ३० करोड पुर्याउने लक्ष्य राखेको छ । हाल कम्पनीको बजार क्षेत्र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, सुदुर पश्चित प्रदेश रहेकोमा आगामी वर्षहरुमा ७ वटै प्रदेशमा आफ्नो बजार क्षेत्र विस्तार गर्ने योजना राखेको छ ।

Muktinath Bikas Bank Limited

आव २०८०/०८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ८.२४ रुपैयाँ रहेको छ । प्रचलित कम्पनी कानून तथा धितोपत्र सम्बन्धी कानूनमा तोकिएको व्यवस्था बमोजिम यस कम्पनी योग्य भएमा प्रिमियम मूल्यमा समेत सर्वसाधारणमा सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमै पहिलो पटक पिभिसी, एचडिपिई, सिपिभिसी पाईप तथा फिटिङ्गस्का सामानहरु उत्पादन गरिरहेको छ । विसं २०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति नपा वडा नं. ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी चालु आर्थिक वर्षमा पब्लिक कम्पनीमा परिणत भई सकेको छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.