IME remit
  • बुधबार, चैत्र ५,२०८१ 09:05:38
IME remit
Global IME Bank Limited

आईपीओ जारी गरेका तीन लघुबीमक, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
आईपीओ जारी गरेका तीन लघुबीमक, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । हालसम्म तीनवटा लघुबीमा कम्पनीले आईपीओ जारी गरिसकेका छन् । जसमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स छन् ।  

लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ बमोजिम लघुबीमकहरुले चुक्तापूँजीको ३० प्रतिशत सेयर (आईपीओ)सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था छ । सो बमोजिम हालसम्म दुई लघु जीवन बीमक र एक निर्जीवन लघुबीमकले सर्वसाधारणलाई सेयर बिक्री गरेका हुन् ।  

आईपीओ बिक्री गरिसकेका तीन कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आइसकेको छ भने नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफको सेयर सूचीकृत हुन बाँकीनै छ ।  

Shivam Cement
Bizshala
CG Motors

आईपीओ जारी गरेका लघुबीमा कम्पनीहरुको हालको चुक्तापूँजी बराबर छ । बीमा क्षेत्रका जीवन र निर्जीवन बीमा कम्पनीले कायम गर्नुपर्ने चुक्तापूँजी फरकफरक भएपनि लघुबीमा क्षेत्रका जीवन तथा निर्जीवन कम्पनीलाई भने समान ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था छ ।  

हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । त्यसबाट ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेपछि लघुबीमकको चुक्तापूँजी ७५ करोड रुपैयाँ पुग्नेछ ।  

नेपाल बीमा प्राधिकरणले लघुबीमकको लाइसेन्स प्रदान गर्ने बेलाबखत ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट पूँजी कायम गर्न कम्पनीहरुलाई निर्देशन दिएको थियो । सोही बमोजिम सञ्चालनमा रहेका ७ लघुबीमा कम्पनीमध्ये ट्रष्ट माइक्रो इन्स्योरेन्सले मात्रै आइपीओ निष्कासनको लागि प्राधिकरणबाट सैद्दान्तिक सहमति पाउन बाँकी छ । आइपीओ निष्कासन प्रक्रियामा जान लघुबीमा कम्पनीहरुलाई कारोबार सञ्चालन गरेको एक वर्ष पुरा हुनुपर्ने व्यवस्था छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

तीन कम्पनीले आइपीओ निष्कासन गरिसकेका छन् भने तीन कम्पनीको आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउन बाँकी छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको तुलनामा लघुबीमा कम्पनीहरुको चुक्तापूँजी थोरै रहेकाले यी कम्पनीहरुको सेयरभाउ उच्च पुग्न सक्ने देखिन्छ ।  

गार्डियन माइक्रो लाइफको सेयर बजारमा सूचीकृत भएसँगै लगातार पोजेटिभ सर्किट लागेर दुई हजारसम्म पुगेको थियो । अझैपनि सेयरबजारमा गार्डियन माइक्रो लाइफको सेयर खरिदमा लगानीकर्ताको डिमाण्ड उच्च देखिन्छ । बजारमा लघुबीमा कम्पनीहरुको सीमित कित्ता मात्रै उपलब्ध हुने भएकाले उक्त कम्पनीहरुको सेयरभाउ लगानीकर्ताहरुले उचालेर माथि पुर्याउन सक्ने देखिन्छ ।  

ंयस्ता लो क्याप कम्पनीमा लगानी गर्ने बेला लगानीकर्ताले विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ । दोस्रो बजारमा सेयर सप्लाई कम हुने कम्पनीम सेयर खेलाडीहरुले सहजै चलखेल गर्ने गर्छन् । यस्तो अवस्थामा नयाँ तथा सोझा लगानीकर्ताहरु सोझै डुब्ने देखिन्छन् ।  

वित्तीय अवस्था हेर्दा लघुबीमा कम्पनीहरुको ठिकै मात्रै देखिएको छ । समान खालको व्यवसाय गर्ने भएकाले गार्डियन र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको वित्तीय सूचकहरु त्यति फरक देखिदैन तर नेपाल माइक्रो इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने भएकाले दुईको तुलनाम केही कमजोर देखिएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.