काठमाण्डौ । नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आइ्र्रपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् ।
चौधरीले एक्समा पोष्ट गर्दै यस बारे जानकारी दिएका हुन् । उनले लेखेका छन्,‘हामी तपाईहरुको मनपर्दो चाउचाउ वाईवाईको नेपालमा आईपीओ निष्कासन गर्ने योजना बनाईरहेको कुरा सेयर गर्न गर्न पाउँदा खुसी रोमाञ्चित छौं ।’
वाईवाईले लामो समयदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व कायम गरिरहेको छ । अहिले भने करेन्ट जस्ता नयाँ ब्राण्डले वाईवाईलाई नयाँ चुनौति दिईरहेका छन् । जसले गर्दा कम्पनीले नयाँ व्यवसायिक रणनीति बनाउँनका लागि आईपीओ निष्कासन गरेर सेयर बजारबाट स्रोत जुटाउने तयारी गरेको हुनसक्छ ।
चौधरी ग्रुपले वाईवाई चाउचाउको आईपीओ निष्कासन गर्ने भएपछि नेपालका ठूला व्यापारिक घरानाहरु पनि दोस्रो बजारमा सूचीकृत हुने क्रम बढ्ने विश्वास यस क्षेत्रसँग सम्बन्धीत विज्ञहरुले विश्वास गरेका छन् ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।