बुधबार, आश्विन २८,२०८३ 09:19:30
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:19:30
Bizshala
Global IME Bank Limited

नेप्सेलाई आईपीओमा जान धितोपत्र बोर्डको निर्देशन, ३०% सेयर निष्कासन हुने

Bizshala
नेप्सेलाई आईपीओमा जान धितोपत्र बोर्डको निर्देशन, ३०% सेयर निष्कासन हुने
New Office

काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई नेप्सेको पुनर्संरचना गर्दै आईपीओमा जान निर्देशन दिएको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार अघिल्लो साता नेप्सेलाई धितोपत्र बोर्डले यस्तो पत्र पठाएको हो ।  

यसै विषयमा बोल्दै नेप्सेका एक उच्च अधिकारीले पनि रामेश्वर खनाल आयोगको सुझाब अनुसार नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गर्दै सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न पत्र आएको पुष्टि गरे । ति अधिकारीले भने ‘धितोपत्र बोर्डबाट पत्र आएको छ । अहिले नेप्सेमा अध्यक्ष छैनन् । तत्कालिन अध्यक्ष शोभाकर पौडेल गण्डकी प्रदेशमा मुख्य सचिब बनेर गएपछि नेप्से अध्यक्ष बिहिन बनेको छ ।’ यस बिषयमा नेप्सेमा अहिले आन्तरिक छलफल पनि भईरहेको स्रोतले दाबी गर्यो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कति छ अहिले नेप्सको पूँजी ? कति आउँछ सर्वसाधारणलाई सेयर ?

हाल नेप्सेको पूँजी एक अर्ब रुपैयाँ मात्रै रहेको छ । यदि खनाल आयोग र यसअघि नेप्सेले तयार पारेर अर्थ मन्त्रालय पठाएको सुझाव अनुसार पुनर्संरचना हुने हो भने एक अर्बको पूँजी बढेर ३ अर्ब हुनेछ । जसमा कर्मचारी सहित ३० प्रतिशत अर्थात ९० करोडको सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

प्रस्तावित पुनर्संरचनामा नेपाल सरकारको १९.५५ प्रतिशत , नेपाल राष्ट्र बैंकको ३.१७ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.३३  प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकको ३.७४ प्रतिशत , प्रभु बैंकको १.६७ प्रतिशत , लक्ष्मी सनराइज बैंकको १.६७ प्रतिशत , कर्मचारीसहित सर्वसाधारणको ३० प्रतिशत, बैंक समूह १३.३३ प्रतिशत , बीमा समूह १३.३३ प्रतिशत , सरकारी स्वामित्व संस्थान १० प्रतिशत , अन्यको ०.२ प्रतिशत स्वामित्व रहने छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.