शनिबार, श्रावण ९,२०८३ 07:58:04
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:58:04
Bizshala
Global IME Bank Limited

एपोलो हाईड्रोपावरको पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन आजदेखि

एपोलो हाईड्रोपावरको पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन आजदेखि
New Office

काठमाण्डौ । एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले गत माघ २० गते १४ करोड १० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १४ लाख १० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट  स्वीकृती पाएको थियो ।

जसमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ४ करोड ७० लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्कासन गरिनेछ । स्थानिय बासिन्दाका लागि छुट्टाइएको कुल सेयरमध्ये ५० प्रतिशत अर्थात ३ लाख ३५  हजार कित्ता उच्च प्रभावित क्षेत्र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गापा–७ र ८, ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला लिखुपिके गापा–२ र रामेछाप जिल्ला उमाकुण्ड गापा–३ र २० प्रतिशत अर्थात ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गापा–२ र गोकुलगंगा गापा–१ का स्थानिय बासिन्दाका लागि जारी गरिनेछ ।

बाँकी २० प्रतिशत अर्थात ९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको ९ लाख ४० हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिनेछ ।

यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर सम्पूर्ण रूपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको सेयर समेत सर्वसाधारणमा समायोजन गरि निष्काशन गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ९४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २५ गते र ढिलोमा चैत १० गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले लक्ष्मी सनराइज बैंकको सोलुखुम्बु जिल्लाको किन्जा शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा शाखा, लक्ष्मी सनराइज बैंकको रामेछाप जिल्लाको शिवालय शाखा, प्रिति शाखा, सिटिजन्स बैंकको सोलुखुम्बु जिल्लाको लिखुपिके शाखा र ओखलढुङ्गा जिल्लामा रहेको एपोलो हाईड्रोको कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिालयन क्यापिटल रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.