बिहीबार, बैशाख ३१,२०८३ 04:56:19
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:56:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओमा दोस्रो दिनसम्म ६.८२ गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांक अनुसार दोस्रो दिनसम्म आईपुग्दा कम्पनीको आईपीओमा ९ लाख ६५ हजार २२१ आवेदकबाट १ करोड २५ लाख ९६ हजार ५४० कित्ता सेयर माग भएको छ ।  

कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते  र ढिलोमा फागुन २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी–(आईएस)’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.