काठमाण्डौ । माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारण सभा आगामी वैशाख २० गतेका लागि डाकेको हो ।
उक्त सभा रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरहणरुह पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।