बुधबार, आश्विन २८,२०८३ 09:17:49
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:17:50
Bizshala
Global IME Bank Limited

तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा दिए निवेदन, कुनले कति ?

Bizshala
तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा दिए निवेदन, कुनले कति ?
New Office

काठमाण्डौ । थप तीन कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।

उत्पादन तथा प्रशोधन समूहबाट दुई कम्पनी र एक होटल गरी तीन कम्पनीले बोर्डसँग आइपीओ निष्कासनको अनुमति मागेको हो ।

होटल इच्छा लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरमा ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले माघ २० गते बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै, एशियन ब्याट्रिज लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरमै १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले गत माघ २० गते नै बोर्डमा निवेदन दिएको थियो । यो कम्पनीको बिक्री प्रबन्धकमा पनि हिमालयन क्यापिटल नै रहेको छ ।

यसका साथै बोर्डसँग आइपीओ निष्कासनको अनुमति माग्ने अर्को कम्पनीमा हुलास आइरन इन्डस्ट्रिज लिमिटेड रहेको छ । यो कम्पनीले भने प्रिमियम मूल्यमा आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५५ रुपैयाँ थप गरी प्रतिकित्ता २५५ रुपैयाँका दरले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ९७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अुनमति मागेको छ । यो कम्पनीले पनि माघ २० मै निवेदन दिएको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.