काठमाण्डौ । सुपर हेवा पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागिएको सेयरको प्रत्याभूति व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।
कम्पनीले रु. १९ करोड २५ लाखबराबरको १९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। उक्त सेयर निष्कासनको प्रत्याभूति व्यवस्थापन कार्यका लागि दुवै संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।
सम्झौता पत्रमा सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ मा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

