बिहीबार, बैशाख ३१,२०८३ 04:56:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:56:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ जारी गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?

Laxmi Sunrise Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आईपीओ जारी गर्ने, क–कसले दिन पाउँछन् आवेदन ?
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गर्न लागेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीले ३ प्रतिशतले हुने ६७,५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२ करोड ५० लाख रकम बराबरको रु.१०० अंकित दरका कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट पुस २५ गते अनुमति पाएको थियो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.