काठमाण्डौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ निष्कासनको अजेण्डासहित साधारण सभा डाकेको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी चैत्र १६ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको आवश्यक चालु पूँजी जुटाउने र रणनीतिक साझेदार जुटाउने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीबाट आईपीओ जारीको प्रक्रिया सुरु गर्ने तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।