जनता प्रसारण तथा प्रकाशनद्वारा आईपीओ निष्कासनको प्रस्तावसहित एजीएम आह्वान
काठमाण्डौ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले आईपीओ निष्कासनको अजेण्डासहित साधारण सभा डाकेको छ । माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत्र १६ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।