शनिबार, श्रावण ९,२०८३ 07:58:02
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:58:02
Bizshala
Global IME Bank Limited

१० महिनामा रु.९ अर्बको आईपीओ निष्कासन गर्न अनुमति, रु.१.३६ खर्बको धितोपत्र सूचीकृत

१० महिनामा रु.९ अर्बको आईपीओ निष्कासन गर्न अनुमति, रु.१.३६ खर्बको धितोपत्र सूचीकृत
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले १० महिनामा ९ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।  

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार बोर्डले वैशाख मसान्तसम्ममा २७ अर्ब २३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड  रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

त्यस्तै, सो अवधिसम्ममा नेप्सेमा कुल १ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् ।  

जसमा ४५ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४० अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँ बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य धितोपत्र रहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.