मंगलवार, माघ ८,२०८१ 04:23:58
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:23:58
IME remit
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

Hyundai Nepal
गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ५.२२ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीको आइपीओ दोस्रो दिनमै ओभरसब्सक्राइब्ड भएको हो ।  

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज ५ बजेसम्ममा २० हजार २४० जना आवेदकले ११ लाख ७३ हजार ८२० कित्ताका लागि आवेदन दिइसकेका छन् । कम्पनीको आइपीओमा हालसम्म ११ करोड ७३ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले पहिलो चरणमा अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्कासन गरेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।  

कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

Muktinath Bikas Bank Limited

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले पुस ३ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.