काठमाण्डौ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बिक्री गर्न गत भदौ १८ गते सेबोनसँग अनुमति मागेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाएमा कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्नेछ ।

