सोमबार, भाद्र १,२०८३ 02:15:33
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 02:15:33
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?

रिलायन्स स्पिनिङ्ग मिल्सको कटअफ मूल्य निर्धारण,सर्वसाधारणलाई कतिमा जारी होला आईपीओ ?
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले संस्थागत लगानीकर्तालाई जारी गरेको सेयरको शिलबन्दी बोलपत्र आज खोलिएको छ । उक्त बोलपत्र नेपाल स्टक एक्सचेञ्च लिमिटेडको कार्यालयमा आज खोलिएको हो ।  

Bizshala
CG Motors

यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता रु.९१२ मा बोलपत्र आवेदन पेश गरेका छन् ।

कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ नै निर्धारण गरिएको छ । यो मूल्यमा सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताले आवेदनको अनुपातमा सेयर प्राप्त गर्नेछन् । यसको अर्थ प्रतिकित्ता ९१२ रुपैयाँ मूल्यमा बोलपत्र पेश गर्नेले माग गरेको कुल सेयरको ६५.७२ प्रतिशत मात्रै प्राप्त गर्नेछन् ।  

यो मूल्यभन्दा बढीमा सेयर माग गर्नेहरुले भने माग गरेबमोजिम नै सेयर प्राप्त गर्नेछन् ।  

कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।  

अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर आईपीओ जारी गरिनेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता रु.८२०.८० मा आईपीओ जारी गर्नेछ ।  

कम्पनीले बुक बिल्डिङमार्फत हाल कायम चुक्तापूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि जारी गरिएको हो ।  

सर्वोत्तम सिमेन्टपछि बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने रिलायन्स स्पीनिङ मिल्स दोस्रो कम्पनी बन्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.