काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको चाङ लागेको छ ।
थप तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । जसमा लगानी समूहबाट २ कम्पनी र उत्पादन तथा प्रशोधन समूहबाट एउटा कम्पनी रहेका छन् ।
लगानी समूहबाट नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन लिमिटेड र वैदिक इन्भेष्टमेन्ट कम्पनी रहेका छन् भने उत्पादन तथा प्रशोधन समूहबाट सौर्य कृषि कम्पनी रहेको छ । तीनवटै कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा आईपीओको अनुमति मागेका हुन् ।
नेक्सजेनले १५ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले भदौ ४ गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, वैदिक इन्भेष्टमेन्टले पनि २८ करोड ३५ लाख रुपैयाँ बराबरको २८ लाख ३५ हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले गत भदौ ५ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
यसका साथै उत्पादन तथा प्रशोधन समूहबाट सौर्य कृषि कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले भदौ १८ गते बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।