शुक्रबार, श्रावण २९,२०८३ 11:04:17
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:04:17
Bizshala
Global IME Bank Limited

सनराइज होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने

Prabhu Bank Limited
सनराइज होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते कम्पनीको दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा काठमाण्डौको कमलादीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।  

CG Motors

सभामा सार्वजनिक रुपमा सर्वसाधारणलाई सेयर जारी गर्ने, आईपीओ निष्कासन गर्ने क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई निर्देशन दिने र पूँजी वृद्धिसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

कम्पनीले सर्वसाधारणका लागि २४ करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २४ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.