काठमाण्डौ । गर्जाङ उपत्यका हाईड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको सभा यही माघ २३ गते होटल भादगाँउ एण्ड रिसोर्टमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सो पूँजीबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

