काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी असोज २२ गते काठमाण्डौको उत्तरढोकामा रहेको भिनोलिभा हस्पिटालिटीमा बिहान ११ बजे आयोजना हुनेछ ।
उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन लगायातका अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।