बिहीबार, आश्विन ८,२०८३ 02:35:09
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 02:35:09
Bizshala
Global IME Bank Limited

पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने

Bizshala
पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्यूमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

कम्पनीले यसअघि आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

पशुपति भेन्चर लिमिटेड एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ । कम्पनीको लगानी रहेको  खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड तथा मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड लगायतका जलविद्युत कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.