काठमाण्डौ । आईपीओ निष्कासनको तयरीमा रहेको एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता भएको छ । कम्पनी र क्यापिटलबीच सेयर प्रत्याभुति सम्झौता भएको हो ।
दुवै कम्पनीबीच एभरेष्ट कलरले भविष्यमा निष्काशन गर्ने साधारण सेयर ७ लाख ९० हजार कित्ता सेयरको लागि जेठ २८ गते सेयर प्रत्याभुति सम्झौता भएको हो ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजयलाल श्रेष्ठ र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइटेलले हस्ताक्षर गरेका हुन् ।
एभरेष्ट कलर आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्रमाण पत्र प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता, नेपाल गुणस्तर चिन्ह प्राप्ति उन्मुख रहेको कम्पनी हो ।
यो कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी माईनस रेटिङ प्रदान गरेको छ ।