आईतवार, फाल्गुन ३,२०८२ 04:05:14
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:05:14
Bizshala
Global IME Bank Limited

एनपिआई नारायणी सामुदायिक हस्पिटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त

एनपिआई नारायणी सामुदायिक हस्पिटलले अघि बढायो आईपीओ निष्कासन प्रक्रिया, बिक्री प्रबन्धक नियुक्त
Shivam Cement

काठमाण्डौ । एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निश्काशन सम्बन्धि नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविश्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृती प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो ।

कम्पनीले उक्त सेयर निष्कासन कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको यस एनपिआई नारायणी सामुदाकि हस्पिटलले आफ्नो जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ भने संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत सेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजीको आवश्यकता पर्नेभएकोले कम्पनीले सार्वजनिक निष्काशनमा जान लागेको कम्पनीका सञ्चालक चुडामणी खनालले जानकारी गराए ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको कम्पनीको स्थापना विसं २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा ४२५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज भएको सो सम्झौतामा कम्पनीको तर्फबाट कम्पनीका सञ्चालक चुडामणी खनाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक श्री निरज कुमार श्रेष्ठहरुको उपस्थिति रहेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.