शुक्रबार, असार १२,२०८३ 02:04:00
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:04:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासनको प्रस्तावसहित फ्लोरिड ल्याबोरेटोरिजले डाक्यो साधारण सभा

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनको प्रस्तावसहित फ्लोरिड ल्याबोरेटोरिजले डाक्यो साधारण सभा

काठमाण्डौ । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ७ गतेका लागि साधारण सभा डाकेको हो ।  

उक्त सभा ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) निष्कासन गर्ने तथा आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, पूँजी वृद्धिपश्चात हकप्रद सेयर जारी गर्ने तथा हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,आव २०८१/८२ को वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.