काठमाण्डौ । मादमे खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा डाकेको हो ।
उक्त सभाले आम सर्वसाधत्रारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, कम्पनीको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वित्तीय विवरण पारित गर्ने,कम्पनीको लेखापरीक्षणको प्रतिवेदसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षणको प्रतिवेदन नियुक्ती तथा निजको पारीक्षमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।