शनिबार, जेष्ठ २,२०८३ 02:34:17
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 02:34:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गार्डियन माइक्रो लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
गार्डियन माइक्रो लाईफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि गत मंसिर १९ गतेदेखि बिक्री खावेदन खुलाएको थियो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।  

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर ७ गते स्वीकृती पाएको थियो । जसअन्तर्गत कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.