शुक्रबार, श्रावण २९,२०८३ 11:02:32
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:02:32
Bizshala
Global IME Bank Limited

सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

Prabhu Bank Limited
सोपान मल्टिपलले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल
New Office

काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा रुपमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  

वैशाख १८ गते सम्पन्न भएको बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा.ई.ताराप्रसाद पोखरेल र एनएमबी क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।  

आगामी वैशाख २२ गते आयोजना हुन लागेको कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुन लागेको छ ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्कासन गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष ताराप्रसाद पोखरेलले बताए । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.८५ रुपैयाँ रहेको र फेयर मार्केट भ्यालु ४५० रुपैयाँभन्दा माथि रहेको अध्यक्ष पोखरेलले बताए ।  

कम्पनीले आफ्नो पूँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पु्र्याउने योजना बनाएको छ । जस अन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी हुने सहमति पत्रमा उल्लेख गरिएको छ ।  

CG Motors

महतो समूहको प्रमुख लगानी रहेको सोपान मल्टिपल लिमिटेड एउटा होल्डिङ(इन्भेष्टमेन्ट)कम्पनी हो । डा.उपेन्द्र ,विरेन्द्र प्रसाद महतो,रामेश्वर रिजाल,ताराप्रसाद पोखरेल,जीवनाथ लामिछाने,राजेन्द्र मल्ल,अशोक कुमार खड्का,वसन्त चन्द्र मरहट्टा लगायतको नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा,स्वास्थ्य, जलविद्युत,रियल स्टेट र पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।  

यस कम्पनीको मातहतमा कान्तिपुर इन्जिनियरिङ कलेज,एक्मी इन्जिनियरिङ कलज,सोपान फर्मास्युटिकल्स ,मोल्निया पावर लिमिटेड,मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड,माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड,सोपान प्रोपर्टिज कम्पनी लिमिटेड रहेका छन् ।  

सोपान मल्टिपलको लगानी रहेको मैलुङ खोला जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोलाले आईपीओ निष्कासन गरिसकेको छ भने सोपान फर्मास्युटिकल्सले पनि आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।  

स्थापनाकै बेला पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित कम्पनीलाई सुशासनका पक्षमा अझ सबल बनाउने र सहभागीतामूलक लगानीलाई अझ विस्तार गर्दै लैजाने योजना अनुरुप आईपीओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.