शनिबार, फाल्गुन १०,२०८१ 09:25:39
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:25:39
IME remit
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणप्रति आशंका, धितोपत्र बोर्डले काम्लो ओेढेर घिउ खाएको आरोप

Hyundai Nepal
रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणप्रति आशंका, धितोपत्र बोर्डले काम्लो ओेढेर घिउ खाएको आरोप
Nabil Bank Limited

काठमाण्डौ । बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने रिलायन्स स्पिनिङ मिल्स दोस्रो कम्पनी हो । कम्पनीले गत असार १२ गते बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।  

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको अनुमति पाउने सर्वोत्तम सिमेन्ट पहिलो कम्पनी हो ।  

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री गर्न गत साता अनुमति दिएका थिया । बोर्डबाट अनुमति पाएसँगै धागो तथा कपडा उत्पादन गर्ने यो कम्पनीको आईपीओ बुक बिल्डिङ विधिमार्फत ल्याउने तयारि भएको छ । कम्पनीले गत माघ १० गतेदेखि माघ १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्कासन गरेको थियो । सेयरको बिक्री मूल्यको सीमा ६०८ देखि ९१२ रुपैयाँ निर्धारण गरिएको थियो ।  

यो सेयरमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताबाट आवेदन परेको थियो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार १८ वटा संस्थागत लगानीकर्ताले उच्च मूल्य प्रतिकित्ता रु.९१२ मा बोलपत्र आवेदन पेश गरेका छन् । कम्पनीको सेयरको कट अफ मूल्य उच्च मूल्य अर्थात ९१२ नै निर्धारण गरिएको थियो ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

अब दोस्रो चरण अन्तर्गत सर्वसाधारणलाई कट अफ मूल्य अर्थात ९१२ मा १० प्रतिशत घटाएर कम्पनीले आईपीओ जारी गर्नेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता रु.८२०.८० मा आईपीओ जारी गर्नेछ । बुक बिल्डिङ विधिबाट सर्वसाधारणले न्युनतमा ५० कित्ता आईपीओ भर्नु पर्ने छ । यो कम्पनीको आईपीओ नेपालको सेयर बजारको अहिलेसम्मकै महंगो आईपीओ बन्नेछ । एक जनाका लागि यो आईपीओ भर्न ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ । यदि एउटै घरका ५ जना सदस्यको भर्ने हो भने २ लाख रुपैयाँ भन्दा बढी आवश्यक पर्नेछ । आम सर्वसाधारणका लागि यो आईपीओ पहुँचभन्दा बाहिर हुने देखिन्छ ।  

केही अग्रेणी लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ मिल्सको अडिट रिपोर्टमा नै आशंका व्यक्त गरेका छन् । लगानीकर्ता डा.केशव श्रेष्ठले यस वर्ष ९६ पैसा प्रति सेयर आम्दानी देखाएको कम्पनीले आउने वर्ष ३ हजार प्रतिशत भन्दा बढीले करिब ३३ रुपैयाँ आम्दानी कसरी हुन सक्छ भनेर भन्ने प्रश्न उठाए । ‘यसरी प्रतिसेयर आम्दानी बढ्न त कि त कम्पनी त्यही अनुसारको बिक्री बढाउनु पर्छ वा वस्तुको मूल्य बढ्नु पर्छ । अहिलेको मन्दीको अबस्थामा यो दुबै सम्भावना देखिदैन,‘उनले भने ।

यस्तै उनले कम्पनीको अडिट रिपोर्टमा नै शंका गर्न सकिने ठाँउ रहेको बताए । श्रेष्ठले यसमा आइक्यानले छानबिन गर्नुपर्ने माग समेत राखेका छन् । यसरी अडिट रिपोर्ट देखाएर धितोपत्र बोर्डले धमाधम अनुमति दिनु भनेको काम्लो ओढेर घिउ खाए सरह रहेको पनि श्रेष्ठले आरोप लगाए । यसमा सर्वसाधारण फस्ने डर छ । उनले यो विषयलाई आइक्यानले गम्भीर रुपमा लिनु पर्ने माग राखेका छन् । यसै विषयलाई लिएर नेपाल सेयरधनी संघ लगायत विभिन्न संघसंस्थाहरुले धितोपत्र बोर्डमा उजुरी पनि दिइसकेको लगानीकर्ता हरि बाहदूर केसीले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.