शनिबार, श्रावण ९,२०८३ 07:59:45
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:59:45
Bizshala
Global IME Bank Limited

नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्कासन गर्ने

नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।

उक्त सभा आगामी जेठ ११ गते काठमाण्डौको टोखास्थित कम्पनीको कार्यालयमा दिनको ३ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको पूँजी वृद्धि लगायतका विषयवस्तुहरुसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, पूँजी वृद्धिपश्चात कायम हुने जारी पूँजीको २० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासनका लागि नियामक निकायसँग स्वीकृतीका लागि पेश गर्ने, सञ्चालकहको बैठक भत्ता तथा अन्य सुविधा निर्धारण गर्ने र कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.