काठमाण्डौ । कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
उक्त सभा आगामी जेठ ८ गते शनिबारका दिन काठमाण्डौको गैरीगाउमा रहेको टीम कर्पोरेट सेन्टरमा दिनको ४ बजे सुरु हुनेछ । उक्त सभामा बोनस सेयर जारी गर्ने,सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने,आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल,थपघट वा सामान्य संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृती गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी गाभ्ने/गाभिने विशेष प्रस्ताव पारित गरिनेछ ।
उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा गत आवको लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।