मंगलवार, श्रावण ५,२०८३ 11:37:07
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:37:07
Bizshala
Global IME Bank Limited

आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा दुई कम्पनीले दिए आवेदन

आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा दुई कम्पनीले दिए आवेदन
New Office

काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा कम्पनीले आवेदन दिएका छन् । बोर्डमा काबेली हाईड्रोपावर र निभिक्स फर्मास्युटिकल्सले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन् ।

काबेली हाईड्रोपावरले ४१ करोड २५ लाख रुपैयाँको रु. १०० अंकित दरका ४१ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै मंसिर ८ गते आवेदन दिएको हो ।  

सेबोनबाट स्वीकृती पाएपश्चात कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस्तै निभिक्स फर्मास्युटिकल्सले १३ करोड ७५ लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै कात्तिक ३० गते आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबनधकको रुपमा नेपाल एसबिआई मेर्चेन्ट बैंकिङ रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.