शुक्रबार, असार १२,२०८३ 02:06:24
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:06:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुपर हेवा पावरले आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
सुपर हेवा पावरले आईपीओ जारी गर्ने

काठमाण्डौ । सुपर हेवा पावर कम्पनीले आईपीओको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाण्डौको सानो भर्याङमा रहेको बुद्ध प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओ जारीपश्चात प्राप्त रकमको उपयोगबारे निर्णय लिने र धितोपत्र दर्ता तथा निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ती समेत अनुमोदन गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.