काठमाण्डौ । एनआरएन अफ्रिका भेन्चर्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले आगामी पुस १९ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ

