शनिबार, श्रावण २,२०८३ 01:21:08
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 01:21:08
Bizshala
Global IME Bank Limited

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, डाक्यो प्रथम साधारण सभा

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, डाक्यो प्रथम साधारण सभा
New Office

काठमाण्डौ ।  ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा डाकेको हो ।  सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे  आयोजना हुनेछ ।  

उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्टाउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.