मंगलवार, श्रावण ५,२०८३ 05:23:00
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:23:00
Bizshala
Global IME Bank Limited

एशियन ब्याट्रीजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

एशियन ब्याट्रीजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
New Office

काठमाण्डौ । एशियन ब्याट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी रु. ६५ करोड रहेकोको २० प्रतिशत अर्थात रु. १३ करोड रकम बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  

असार ३१ गते भएको सम्झौता समारोहमा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशक कम्पनी एसियन ब्याट्रीजका तर्फबाट अध्यक्ष सुरेश लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  

सन् २०१३ देखि व्यावसायिक उत्पादन प्रारम्भ गरेको एशियन ब्याट्रीज लिमिटेडको उद्योग तथा रजिष्टर्ड कार्यालय मोरङ जिल्ला बुढीगंगा गाँउपालिका–४ मा रहेको छ भने हाल सम्पर्क कार्यालय ललितपुरको सानेपामा अवस्थित छ ।  

नेपालको सूचना प्रविधि, कृषि तथा रियल इस्टेट क्षेत्रमा संलग्न प्रभावशाली व्यक्तिहरूद्वारा स्थापना गरिएको एसियन ब्याट्रीजले छोटो समयमै गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्ने भरपर्दो नेपाली उत्पादकको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । कम्पनीले नेपालमा हाल सवारीसाधन, विद्युतीय रिक्सा स्कुटर, मोटरसाइकल तथा सोलारमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ । यस कम्पनीले विभिन्न किसिमको ब्याट्रीहरु प्रसोद्धन गरि लिड, अक्साइड उत्पादन गरी आन्तरिक बजारमा बिक्रि वितरण गर्दै आएको छ ।  

कम्पनीले निकट भविष्यमा लिथियम ब्याट्री उत्पादन गर्ने र प्रयोग भई सकेको ब्याट्रीको पुनःप्रशोधन गर्ने साथै नेपालकै सबैभन्दा विश्वासिलो र प्राथमिक पावर सोलुसन ब्रान्ड बन्ने उद्देश्य राखेको छ । यसले ग्राहकलाई गुणस्तरीय, भरपर्दो, वारेन्टीसहितका उत्पादन र छिटो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

ललितपुरमा रहेको सम्पर्क कार्यालय तथा देशका विभिन्न प्रमुख स्थानहरूमा रहेका १० वटा शाखामार्फत कम्पनीले सेवा तथा उत्पादनको सहज पहुँच सुनिश्चित गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.