शनिबार, श्रावण ९,२०८३ 07:58:54
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:58:54
Bizshala
Global IME Bank Limited

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
New Office

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडबीच साधारण सेयर निष्काशन(आईपीओ)सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा सेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ ।

जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रो पावरका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गार्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी ५० करोड रकमको २० प्रतिशत प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ सर्वसाधारणहरुलाई बिक्री गर्नेछ । निष्काशनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृतिप्राप्त गरेपछि सम्झौतापत्रअनुसार सेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति कम्पनी हो । यो कम्पनी विसं २०७० चैत २४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा छ । जुन आयोजनाले विसं २०७४ मंसिर २८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी सकेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.