काठमाण्डौ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ गते आईपीओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको हो ।
बोर्डले कम्पनीलाई २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता आईपीओ निष्कासन गर्न स्वीकृती दिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

