काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ ।
कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गतेका लागी प्रथम साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौ हाँडीगाँउमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ ।
सभामा सर्वसाधारण तथा स्थानियलाई आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा कम्पनीको चुक्तापूँजीभन्दा बढी कर्जा लिने विेशष प्रस्ताव समेत पारित गरिनुका साथै गत आव २०७/९८० को वित्तीय विवरणहरु पारित गरिनेछ ।