काठमाण्डौ । मिडिल मोदी हाईड्रापावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा असार २९ गते ललितपुरको सानेपामा रहेको कम्पनीको सभा कक्षमा दिउँसो १ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र यससम्कन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।