काठमाण्डौ । वर्षबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकको निर्णयानुसार कम्पनीको उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सेयर पूँजी संरचनाअनुसार आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको संस्थापक समूहको सञ्चालक पदको निर्वाचन गर्ने, गत आवको वार्षिक प्रतिेवेदन पारित गर्ने र चालु आवको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ,सञ्चालक समितिको पदपुर्ति र स्वतन्त्र सञ्चालकको नियुक्ती तथा अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।