शुक्रबार, श्रावण २९,२०८३ 11:04:50
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:04:50
Bizshala
Global IME Bank Limited

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

Prabhu Bank Limited
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो ।  

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।  

यसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको र २ लाख हजार ५२७ आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।  

CG Motors

यसरी कुल सदर आवेदकबाट २ करोड १२ लाख ८२ हजार २४० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । कुल सदर आवेदकमध्ये १ लाख ४७ हजार ६०० जनालाई १० कित्ताका दरले १४ लाख ७६ हजार कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

सेयर पाउने लगानीकर्ताबीच यतिबेला कम्पनीको आइपीओले दोस्रो बजारमा कति ओपनिङ रेञ्ज पाउला भन्ने जिज्ञासाको विषय बनेको छ ।  

कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ९०.१७ रुपैयाँदेखि अधिकतम २७०.५१ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ्ग रेञ्ज कम्पनीको वास्तविक नेटवर्थको आधारमा तोक्ने गर्दछ । नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।  

ओम मेगाश्री फर्मास्युटिकल्सको आर्थिक वर्ष २०८०÷८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीले आव २०८३÷८४ सम्म नेटवर्थ ११३.३७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.