शुक्रबार, श्रावण २९,२०८३ 11:07:22
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:07:22
Bizshala
Global IME Bank Limited

दोस्रो बजारमा ५१ अर्बको आईपीओ पाइपलाइनमा, होटल्स, हाइड्रो, हस्पिटलदेखि हेलिकप्टरसम्मको

Prabhu Bank Limited
दोस्रो बजारमा ५१ अर्बको आईपीओ पाइपलाइनमा, होटल्स, हाइड्रो, हस्पिटलदेखि  हेलिकप्टरसम्मको
New Office

काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लामो समयदेखि रोकिएका आईपीओ यथासिघ्र बजारमा आउने बताएका छन् । हाल धितोपत्र बोर्डमा ५१ अर्ब रुपैयाँबराबरको ३६ करोड १३ लाख ३७ हजार २८५ कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।  

जसअन्तगर्त सबै भन्दा बढी जलविद्युत क्षेत्रको रहेको छ । यो क्षेत्रमा मात्रै १८ अर्ब रुपैयाँबराबरको १८ करोड कित्ता बढीको आईपीओ पाइपलाइनमा रहेको छ । जलविद्युत मध्ये सबैभन्दा ठूलो आईपीओ सिउरी जलविद्युत कम्पनीको रहेको छ । यो कम्पनीले ३ करोड ३ लाख भन्दा बढी कित्ता सेयर सर्वसाधरणमा ल्याउन सेबोनसँग अनुमति माग गरेको छ ।  

CG Motors

यस्तै, उत्पादन तथा प्रशोधन क्षेत्रमा पनि २२ अर्ब रुपैयाँबराबरको ९ करोड २४ लाख भन्दा बढी कित्ता सेयर प्रिमियम मूल्यसहित पाइपलाइनमा रहेको छ । त्यसैगरि, होटल्स तथा टुरिजममा ३ अर्ब ३१ करोड भन्दा बढी ,लगानी क्षेत्रमा २ अर्ब ८४ करोड बढी, लघुवित्त क्षेत्रमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओको स्वीकृतीको पखाईमा छ ।  

जसमा लगानीकर्ताहरुलाई होटल्स, हाइड्रो, हस्पिटलदेखि हेलिकप्टरसम्मको सेयरमा लगानी गर्ने अबसर रहेको छ । ह्याम्स हस्पिटलले  प्रतिकित्ता २८८ प्रिमियम रुपैयाँमा, कैलाश हेलिकप्टरले पनि प्रतिकित्ता ३२७ रुपैयाँ प्रिमियमा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका छन् ।  

त्यसैगरि, आईपीओ निष्कासनको स्वीकृतीका लागि आवेदन दिनेमा होटल्समा एपेक्स हस्पिटालिटि, होटेल फरेष्ट , अरचिड होल्डिङ , अन्नपूर्ण केबलकार, बन्दिपूर केबलकार ,अकामा होटल र ठमेल प्लाजा होटेल रहेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.