शुक्रबार, श्रावण २२,२०८३ 11:23:03
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 11:23:03
Bizshala
Global IME Bank Limited

हिमाल वाटर पार्क भिलेज होटलले आईपीओ निष्कासन गर्ने, एजीएम आह्वान

हिमाल वाटर पार्क भिलेज होटलले आईपीओ निष्कासन गर्ने, एजीएम आह्वान
New Office

काठमाण्डौ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा पुस २९ गते पर्सामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनका लागि नियमनकारी निकायबाट संशोधन गर्न प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफा रकमभन्दा बढी रकम ऋण लिन आवश्यक भएमा सो का लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछन् ।  

यस्तै सभामा गत आवको वित्तीय विवरण र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरिसकेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.